कपिलवस्तु १३ बैशाख । कोरोना संकट ब्यवस्थापन समिति (सिसिएमसी)को निर्णय अनुसार कपिलवस्तु प्रशासनले जिल्ला भित्रका रेष्टुरेण्ट तथा होटल संचालनको समयसिमा तोकेको छ । जस अनुसार विहान ८ देखि साझ ८ सम्म मात्र स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाउने छ प्रजिअ चक्रपाणी पाण्डेको हस्ताक्षरमा जारी आदेशमा भनिएकोछ ।
रेष्टुरेन्ट सहितका होटल विहान ८ देखि साझ ८ सम्म खोल्न पाउने र सो वाहेकको समयमा होम डेलिभरी गर्न पाउने उल्लेख छ। गेष्ट हाउस संचालकले भने ग्राहकको सबै विवरण खुल्ने एक फारम भरेर मापदण्ड अनुसार राख्न पाउने उल्लेख छ । यता जीतपुर ४ नम्वर स्थित गार्डेन होटलका प्रेपाइटर एवम होटल तथा रेष्टुरेष्ट ब्यवासायी संघका निवर्तमान महासचिव रविन्द्र पौडेलले सरकारले तय गरेको नियम कडाईका साथ पालना गर्ने वताउनु भयो ।
प्रतिक्रिया