गुल्मी १४ बैशाख । गुल्मी जिल्लाको ईस्मा गाउँपालिका वडा नम्बर–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षका प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोेत्तमप्रसाद पाण्डेले जानकारी दिनु भयो।बिजुलीको पोलमा चढेर काम गरिरहेको अबस्थामा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको नायव उपरिक्षक डिएसपी पाण्डे ले बताउनु भयो।यता झाडापखालाबाट दाङमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।
प्रतिक्रिया