जीवनशैली

प्रादेशीक अस्पताल बुटवलमा अक्सिजन आपूर्तिमा २० प्रतिशत अपुग



बुटवल १४ बैशाख ।  प्रादेशीक अस्पताल बुटवलमा अक्सिजन आपूर्तिमा २० प्रतिशत  न्यून हुन पुगेको छ । जसका कारण तरल अक्सिजनको अभाव भएको छ । दैनिक आवश्यकताभन्दा ३० वटा अक्सिजन सिलिण्डर कम आपूर्ती भइरहेकाले अस्पतालले सञ्चालन गरेको कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररतः संक्रमितहरुको उपचारमा असहज स्थिती आएको अस्पतालले जनाएको छ ।अस्पतालका मेडिकल स्टोर इन्चार्ज रुपलाल पन्थीका अनुसार अस्पतालमा ‘अक्सिजन व्यवस्थापन गर्न गाह्रो हुँदा एकदमै क्रिटिकल समस्यामा पुगिएको छ ।’

उनका अनुसार अस्पतालको दैनिक आवश्यकता अहिले प्रतिदिन एक सय ५० सिलिण्डर हो तर एक सय २० सिलिण्डर अक्सिजन मात्रै आपूर्ती भइरहेको छ । आवश्यकता अनुसार अक्सिजन नहुँदा कोरोना संक्रमणको गम्भीर लक्षणसहित आइसीयूरएचडियूमा उपचार गराइरहेका १३ जना र भेन्टिलेटरमा राखिएका दुई जनाको उपचारमा समस्या देखिएको छ । संक्रामक रोग विशेषज्ञले कोरोना भाइरसले फोक्सोमा क्षती पुर्‍याई रगतमा अक्सिजन प्रवाह घटाउने भएकाले लक्षण देखिएका बिरामीहरुलाई अक्सिजन आपूर्ती गर्न सकेमा मात्रै पनि मृत्युदर निकै कम गर्न सकिने बताइरहेका छन् ।

प्रादेशिक अस्पतालमा एक महिनाअघिसम्म २५ सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको अक्सिजन जेनेरेशन प्लान्ट९अक्सिजन उत्पादन गर्ने मेसिन०ले काम गर्न छाडेपछि समस्या झन् टड्कारो बनेको हो । प्लान्टको कम्प्रेशर वालमा चुहावट भएर कम शुद्धता भएको अक्सिजन उत्पादन हुन थालेपछि प्लान्ट बन्द गरिएको छ ।  रोटरी क्लब अफ बुटवलको सहयोगमा काठमाडौंको मेडिअक्सी प्रालिले जडान गरिदिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएपछि कम्पनीले पुनः निर्माणका लागि ध्यान नदिएको अस्पतालको आरोप छ ।  मेडिकल स्टोर इन्चार्ज पन्थीले भने–‘सप्लायर्स (मेडिअक्सी)ले ‘केअरलेस’ गरिरहेकाले यस्तो भएको हो । हामी उनीहरुसँग सम्पर्कमा नै छौं । आउने शुक्रबार आएर बनाइदिने भनिरहेका छन् ।’ 

यसो त प्लान्टले फेरि अक्सिजन ‘जेनेरेशन’ गर्न सुरु गरेपनि अभाव भने परिपूर्ती हुन तत्काल अझै दैनिक पाँच सिलिन्डरको आवश्यक पर्नेछ । हाललाई अस्पताललाई नेपालगञ्जको एचओ अक्सिजन कम्पनीले तरल अक्सिजनका सिलिन्डरहरु आपूर्ती गरिरहेको छ । कम्पनीले अस्पतालले माग गरेजति अक्सिजन सप्लाई गर्न नसक्ने बताइसकेको छ यता प्रदेश सरकारले अक्सिजनको जोहो गरिदिन प्रदेशमा सञ्चालित चार वटा अक्सिजन उत्पादक उद्योगसँग अनुरोध गरेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगहरुको क्षमता बढाई अक्सिजन उत्पादन बढाउन आग्रह गरिएको प्रदेशका आन्तरीक मामिला मन्त्री  गिरीले बताएका छन् । 

प्रदेशमा रहेका चार वटा अक्सिजन उत्पादक उद्योगहरुको क्षमता बढाउन अक्सिजन उत्पादक उद्योगका लागि चौबिसै घण्टा विद्युत आपूर्ती गर्ने र सिलिन्डर खरिदमा सरकारले सहयोग गर्ने सहमती भएको मन्त्री गिरीले जानकारी दिए । ‘उद्योगले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न थालेपछि अस्पतालमा अक्सिजनको कमी हुदैंन,’ मन्त्री गिरीले भने । 

कोरोना संक्रमणको दोस्रो लहरको रुपमा संक्रमणदर उकालो लागेपछि अस्पतालहरुमा स्वासप्रश्वासका विरामी बढिरहेका छन् । हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । सोमबार २ सय ६३ जना थपिएका थिए । जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन् ।  रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ । 

 

प्रकाशित : १४ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६