अर्थ-वाणिज्य

बुद्धभुमी–६ महुवामा स्मार्ट कृषि कार्यक्रम, भैसी गोठ सुधार गरिने ।



कपिलवस्तु १५ बैशाख ।कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ मा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएको छ । भैसी पालक कृषकलाई सहयोग गर्ने उद्धेश्यले महुवा, पण्डितपुर र सेमरना गाउँलाई लक्षित गरी कार्यक्रम लागु भएको छ । कार्यक्रमबाट ८५ घर परिवारका ४ सय ५६ जना कृषक लाभान्वित हुने बुद्धभुमी ६ का वडा अध्यक्ष नन्दलाल यादवले बताए । 

चालु आ.व.मा लुम्बिनी प्रदेश सरकारको तर्फ बाट ४० लाख र समुदायको तर्फ बाट १३ लाख १५ हजार खर्च गरिने छ । कार्यक्रम अन्र्तगत यस वर्ष २० कृषकका भैसी गोठ सुधार, भैसीलाई पानी खुवाउन १० ह्ण्डपम्प, घाँस खेतीका लागी १२ स्यालो ट्युववेल जडान गरिने कार्यक्रमका सहजकर्ता रामलखन यादवले बताए । कार्यक्रम लागु भए पछि भैसी गोठ सुधार हने अपेक्षा गरिएको छ । सरकारको सहयोग नहँदा यहाका कृषकले कच्ची गोठमा भैसी पालन गर्दै आएका थिए । 

यादव समुदायको बसोवास भएको यस क्षेत्रमा मुख्य पेसाको रुपमा भैसी पालन र तरकारी तथा खाद्यान्न खेती गर्ने गरिन्छ । गोठ सुधारका लागि ७०/३० साझेदारीमा प्रदेश सरकारको तर्फबाट १ लाख ३५ हजार सहयोग गरिने कार्यक्रमका अध्यक्ष बंशीधर यादवले भने । कार्यक्रम अन्तर्गत जलवायु , सिँचाई, प्रविधि मैत्री र बजार व्यवस्थापनमा सुधार हुने बताइएको छ । प्रविधि मैत्री बनाउनका लागि कम्प्युटर सहयोग भएको छ । न्युनतम ५ भैसी भएको कृषकलाई कार्यक्रममा समावेस गराइएको छ ।

प्रकाशित : १५ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६