कपिलवस्तु 17 बैशाख । ‘कपिलवस्तु अस्पतालमा १० बेडको आयसियू खाली छ तर एक हप्तामा कोरोनाले सिकिस्त ४ जना उपचार नपाई मरे’ शिर्षकको समाचार बुद्ध दर्पण दैनिक र प्रेसपाटी अनलाइनले छापेपछि प्रदेशका स्वास्थ्य मन्त्री लिला गीरीको ध्यानाकर्षण भएको छ। जसका कारण अस्पतालका डा किशोर बन्जाडेलाई फोन गरेर गत बर्षको पचासलाख निकासा दिने बताउनुभयको छ। डा बन्जाडेका अनुसार पच्चीस लाख बिहीबार नै निकासा भयकोछ। पच्चीस लाख छिटोछरितो निकासा दिने प्रतिबद्धता मन्त्री गिरीले जनाएको बन्जाडेले बताउनु भयो ।
अस्पतालका मे.सु. डा. किशोर बन्जाडेले आफूले प्रदेश र स्थानीय गरि २ तहका सरकारवाट धोका पाएकाले कोरोना संक्रमितले आइसियूवाट उपचार पाउन नसकेको खुलाशा गर्नु भएको थियो । डा. बन्जाडे भन्नु भयो प्रदेश सरकारले गतवर्ष कोरोना ल्याव र आइसियूकालागि दिने भनेको रु ५० लाख अहिले सम्म दिएन । कपिलवस्तुका १० वटा स्थानीय सरकारले ६।६ लाख दिने भनि डिएमसीसीको बैठकमा गरेको लिखित प्रतिवद्धता एउटाले पनि पुरा गरेनन भन्न्दै आइसियूमा कोभिडका विरामी राख्न नसकी रहेको खुलासा गर्नुभएको थियो।
२ तहका सरकारले आवश्यक रकम नदिएपछि कोरोना उपचारकालागि अलग्गै स्थापना गर्न खोजिएको आइसियू स्थापना हुन सकेन ।
तर यहि अवस्था आउन सक्छ भनेर डा .बन्जाडेले कोभिड महामारी शुरु हुनु अगावै कपिलवस्तुमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई भेटेरै अघिल्लो सिडियोको पालामा भएको निर्णय कार्यान्वयन भएन भनेर ध्यानाकर्षण गराएको वताउनु भयो । प्रदेश सरकार र स्थानीय सरकारवाटे आउने प्रतिवद्धता अनुसारको रकम आएन यसमा पहल गरिदिनु परयो भनेर अनुरोध गरेको वताउनु भयो । मैले अनुरोध गरे सिडियोले त्यसपछि के गर्नु भयो थाहा भएन डा. बन्जाडेले भन्नु भयो ।
जे जसरी बनेको होस ५ वटा भेण्टीलेटर सहित १० बेड क्षमताको आइसियू कोरोना विरामीकालागि प्रयोग गर्न अस्पताल प्रशासन र चिकित्सक तयार छौं अनुमति चाहियो भनेर सिडियोसंग माग समेत गरेका छौ तर अनुमति पाइएको छैन डा. बन्जाडे बुद्ध दर्पणलाई भन्नु भयो । सिडियोले यस्तो आदेश आफूले दिनुपूर्व प्रदेश सरकारको नितिगत निर्णय हुनुपर्ने वताएको समेत उहाले जानकारी दिनु भयो ।यता प्रजिअ चक्रपाणी पाण्डेले पनि प्रदेश मातहतको अस्पताललाई कोरोना विशेष बनाउने की जेनेरल अस्पतालका रुपमा राख्ने भन्ने नीतिगत निर्णय सरकारवाटै हुन पर्ने वताउनु भयो । यता मन्त्री गिरीले तौलिहवा अस्पताललाई कोभिडको अस्पताल घोसना गर्ने जानकारी दिनुभएको डा बन्जाडेले बताउनुभयो। यतिमात्र होइन प्रदेशिक अस्पताल बुटवलले कोभिड संक्रमणपछि पाठेघरको अप्रेशन गर्नुपर्ने केशको बिरामी समेत रिफर गरि तौलिहवामा पठाएको छ।यो सगै दैनिकमा छापिएको समाचारले मन्त्रीको ध्यानाकर्षण हुदा कपिलवस्तुका लागि कोभिड उपचारमा ठूलो राहत पुग्ने भएको छ।
प्रतिक्रिया