प्रदेश

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै



काठमाण्डौ ,बैशाख १६  कोरोनाका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बिहीवार थप ४९ सय २८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभर गरिएको १२ हजार ५९७ पिसिआर परिक्षणका क्रममा ४८३१ र ९६३ एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोना मुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् । हाल ३४ हनार ११७ सक्रिय संक्रमित आइशोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ वटा पिसिआर भएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६