प्रदेश

स्थानीय तहले रकम नदिएपछि गुल्मीमा अघिल्लो वर्ष सुरु भएको पीसीआर प्रयोगशाला बन्द



बैशाख १६ ,गुल्मी । 

कोरोना संक्रमण बढे पनि गुल्मीमा अघिल्लो वर्ष सुरु भएको पीसीआर प्रयोगशाला बन्द छ । पाल्पामा सञ्चालित प्रयोगशाला पनि ऋणमा सञ्चालित छ । प्रयोगशालाको मेसिन संघीय सरकारले दिएको हो । तर, व्यवस्थापन र सञ्चालन खर्च भने स्थानीय तहबाट हुँदै आएको थियो । गुल्मीको प्रयोगशाला रेसुंगा नगरपालिकाको संयोजनमा र पाल्पामा पाल्पा अस्पताल मातहतमा छ । गुल्मीको प्रयोगशाला कर्मचारीले पाँच महिनाको तलबभत्ता नपाएकाले बन्द भएको हो । पाल्पामा पनि केही स्थानीय तहले कबोल गरेको बजेट नपठाएकाले ऋणमा सञ्चालनमा रहेको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताउनुभएको छ ।  तानसेन काजीपौवामा जिल्ला समन्वय समितिको भवनमा प्रयोगशाला सञ्चालित छ । यहाँ सुरुमा १२ जना कर्मचारी थिए । कामको भार कम हुँदै गएपछि र भत्ता नपाएको भन्दै केही कर्मचारीले काम छाडे । अहिले तीन जना प्राविधिक र दुई जना सहयोगी छन । स्थानीय तहले पीसीआर परीक्षणका लागि स्वाब संकलन नगरे पनि पाल्पामा दुई सय बढी सक्रिय संक्रमित छन । यसपटक स्थानीय तहले पीसीआर परीक्षणका लागि स्वाब संकलन नै गरेका छैनन । रैनादेवी छहराले मात्र समुदायमा स्वाब संकलन गरेको छ । अन्य स्थानीय तहले बेवास्ता गर्दै आएका छन् । स्थानीय तहमा लगेका एन्टिजेनसमेत परीक्षण गरेका छैनन । पाल्पाको ल्याब सञ्चालन गर्न यहाँका केही स्थानीय तहले कबोल गरे अनुसारको बजेट दिएका छैनन ।

प्रकाशित : १६ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६