बुटवल बैशाख १६ —
लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोभिड १९ अस्थायी अस्पताल सञ्चालन गरेको छ । पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा बिहीबारदेखि अस्थायी अस्पताल सञ्चालन गरेको हो । अस्पतालमा ६० बेड छन् । १० बेडमा अक्सिजन र ३ वटामा मोनिटरसमेत जडान गरिएको छ । भेन्टिलेटर र आईसीयू चाहिने बाहेकका नगरपालिकाभित्रका सबैखाले संक्रमितलाई यस अस्पतालमा राख्न सकिने नगरप्रमुख चित्रबहादुर कार्कीले बताए । नगरप्रमुख कार्कीका अनुसार ४५ वटा सामान्य आइसोलेसनका लागि छुट्याएको छ । त्यसबाहेकका विशेष बेड हुन् । अस्पताल संचालनका लागि संघीय सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । अपुग रकम प्रदेश सरकारले सघाउने बताएको छ । नगरपालिकाले गत चैतदेखि फागुनसम्म समेत अस्पताल चलाएको थियो ।








प्रतिक्रिया