लुम्बिनी

पदमुक्त भएका लुम्बिनीका ४ प्रदेश सभा सदस्य कानुनी उपचारमा जाने



बुटवल, वैशाख १७ । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारमा जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै  त्यसविरूद्ध आजै सर्वोच्च अदालतमा जाने जसपा नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले बताउनुभयो।

प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको र सोही अनुरूप चार जना सांसदलाई पदमुक्त गरिएको उल्लेख  छ। जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका कुनै पनि प्रदेश सभा सदस्यलाई कारबाही नगरिएको भन्ने पत्र लुम्बिनी प्रदेश सभा सचिवालयलाई पठाएको दाबी गरेका थिए।

लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जसपाको केन्द्रीय कमिटीको माइन्युटसहितको सूचना लुम्बिनी प्रदेश सभा सचिवालयमा पेश भएकाले त्यसैका आधारमा पदमुक्त गरिएको बताएका छन्। वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका पाण्डेयसहित विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाइएको थियो। मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्तावमा उनीहरूले समेत हस्ताक्षर गरेका थिए। तर त्यसको एक घन्टापछि चारै जना सरकारमा सहभागी भएका थिए।

प्रदेश सभामा जसपाका ६ मध्ये ४ जना सांसद सरकारमा सहभागी भए पनी सहसराम यादव र पुर्मती ढेगाले सरकारमा जाने निर्णयको विरोध गर्दै आएका छन्। सन्तोषकुमार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ ९१० र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २९१० बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। त्यस्तै सुमन शर्मा रायमाझी र कल्पना पाण्डे  समानुपातिक सांसद हुन्।

सरकारमा सहभागी भएको विषयलाई लिएर जसपाको लुम्बिनी प्रदेश कमिटीमा मात्र होइन पार्टीको केन्द्रीय कार्यकारिणी परिषदमासमेत विवाद हुँदै आएको छ। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भएलगत्तै मन्त्रीहरूलाई स्पष्टिकरण सोधेको थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले त्यसको स्वागत गरेको थियो। लुम्बिनी प्रदेशमा पनि संसदीय दलमै विवाद उत्पन्न भएको थियो। जसपाको लुम्बिनी प्रदेश संसदीय दलमा सहसराम यादव र सन्तोषकुमार पाण्डेय दुबैले आफू संसदीय दलको नेता भएको दाबी गर्दै आएका छन्।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६