प्रदेश

कोमल शाहको स्वास्थ्य सुध्रिएन, प्लाज्मा थेरापीबाट उपचार थालियो



१७ वैशाख, काठमाडौँ । 

कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उहालाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहा पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनहुन्छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनहालाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उहाहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६