प्रदेश

रुपन्देहीमा निषेधाज्ञा उल्लघन गरेको आरोपमा तीन जनालाई कारागार चलान



वैशाख १७, बुटवल ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्लघन गरेको आरोपमा तीन जनालाई कारागार चलान गरेको छ । बिहिबार भैरहवामा निषेधाज्ञा उल्लंघन गर्दा पक्राउ परेका उनीहरुलाई एक महिना कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ। विहीबारबाट रुपन्देहीमा जारी भएको भएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहीले उनीहरुसँगै आठ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्य पाँचजनाले धरौटी तिरेकाले छुटेका छन् । रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारले जनही नौ हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको प्रवक्ता थापाले बतानुभयो । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम उनीहरुलाई कारवाही गरिएको उहाको भनाई थियो ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६