प्रदेश

भारतको बिहारमा कोरोना भाइर संक्रमण तिव्र , अन्त्येष्टिका लागि घन्टौं कुर्नुपर्ने बाध्यता



वैशाख १७, भारत– 

भारतको बिहारमा कोरोना भाइर संक्रमण तिव्र रुपमा फैलिरहेको छ । जनघनत्व बढी भएका शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रमा पनि मानिसहरु संक्रमित भइरहेका छन ।  विपक्षी दलले मुख्यमन्त्री नीतीश कुमारको आलोचना गरिरहेका छन । महामारीको समयमा सरकारले केही ठोस काम गर्न नसकेको आरोप उनीमाथि लागेको छ ।  राज्य सरकारमाथि संक्रमित र मृतककको आँकडा लुकाएको आरोप लागिरहेको छ । पटनाको श्मशान घाटमा लाशको लाइन लागेको छ र परिवारका सदस्य अन्त्येष्टिका लागि घन्टौं कुरिरहेका छन । यसबीच पटना नगर निगमले लाशको बढ्दो संख्यालाई ध्यान दिँदै अन्त्येष्टिका लागि नयाँ ठाउँहरु बनाएको बीबीसीले जनाएको छ । पटनामा बाँस घाट, गुलाबी घाट र खजकल्ला घाट गरि तीन श्मशान छन् तर कोभिडकाका कारण भइरहेको मृत्युका कारण लाइन लाग्नुपर्ने बाध्यता रहेको छ ।  पटना नगर निगमका एडिशनल आयुक्त देवेन्द्रप्रसाद तिवारीले दुई घाट थप गरिएको जानकारी दिनुभयो । उहाका अनुसार पटनामा मात्रै दैनिक २ सय भन्दा बढी लाश जलाइने गरिएको छ । सरकारी तथ्यांक र श्मशानमा जलाइएको लाशका बीच कुनै तालमेल छैन । 

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६