बैशाख १७ ,बाके ।
नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार शुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको मगरले बताउनुभयो ।








प्रतिक्रिया