प्रदेश

चैतमा मात्रै ३२ हजार बढी नेपाली गए वैदेशिक रोजगारीमा



बैशाख १७, काठमाण्डौ – 

कोरोना सङ्क्रमणको जोखिमकै अवस्थामा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गएको चैतमा मात्रै ३२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । ३० हजार ३५ पुरुष र दुई हजार १ सय ७ महिला गरि ३२ हजार एक सय ४२ नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । यो नेपाल सरकारले श्रमको लागि खुल्ला गरेकामध्ये ७३ देशमा जानेहरुको संख्या हो ।  यसमध्ये १५ हजार ५ सय २६ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् भने बाँकी एक पटक विदेश गएर बिदामा आएर फेरि गएकाहरु हुन् । पछिल्लो समय रोजगारीको लागि साउदी जानेको संख्या बढी देखिएको छ । चैतमा मात्रै दश हजार ३ सय ७६ जना साउदी गएका छन् । यस्तै कतारमा ९ हजार ७ सय ४३ र यूएईमा सात हजार दुई सय एक जना रोजगारीको लागि गएको विभागले जनाएको छ ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६