प्रदेश

विद्युतीय शवदाह गृहमा फेरि बढ्न थाल्यो शव , बिहीबार मात्र २५ वटा शव जलाईयो



१७ वैशाख, काठमाडौं ।

कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ । उक्त शवदाह गृहमा बिहीबार २५ वटा शव जलाइएको छ । यो दोस्रो लहरको कोरोना भाइरसको महामारी सुरु भएपछिको सबैभन्दा धेरै हो । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार गत वर्ष एकै दिनमा ४५ वटासम्म शव विद्युतीय शव दाहगृहमा जलाइएको थियो ।

तर वैशाख १ गतेदेखि फेरि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढिरहेको खतिवडाले जानकारी दिनुभएको छ । कोरोना महामारीबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । शवलाई अस्पतालबाट शवदाह गृहसम्म लैजाने र त्यहाँ व्यवस्थापन गर्नेसम्मको काम नेपाली सेनाले गर्छ । अन्तिम संस्कारमा मृतकको परिवारलाई पनि सहभागी गराइन्छ । कोरोना संक्रमणको जोखिम हुने हुनाले परिवारका सदस्यले सामान्य अवस्थामा जस्तो साँस्कृतिक कर्म गर्न पाउने छैनन् ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६