प्रदेश

कपिलवस्तुमा नागरिक स्तरबाट पनि कोरोना संम्बन्धि सचेतनामा कडाई



ओम प्रकाश पौडेल ,कपिलवस्तु १७ वैशाख । 

कोरोना संक्रमणका कारण कपिलवस्तुमा पनि दैनिक जसो केहि मानिसको ज्यान जान थाले पछि कपिलवस्तुमा नागरिक स्तरबाट पनि कोरोना संम्बन्धि सचेतनामा कढाई गर्न सुरु भएको छ ।  गजेहडा टोल विकास संस्था र गजेहडा प्रहरी विट तथा नागरिक समाज कपिलवस्तुको समेत समन्वयमा शुक्रबार गजेहडा बजार चोक हुँदै विभिन्न स्थान तर्फ जाने आउने बटुवाहरुलाई मास्क अनिवार्य गर्दै नागरिक स्तरबाट पनि कोरोना नियन्त्रण गर्न कदम चाल्न सुरु भएको हो ।  मास्क नलगाएकालाई एक पटक सम्झाई बुझाई गरि तत्कालै मास्क किनेर लगाउन लगाइएको तथा चिउँडोमा मास्क लगाएकाहरुका लागि नाक मुख छोप्ने गरि मास्क लगाउन लगाएर मास्कको प्रभावकारी प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरिएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादु पछाईले जानकारी दिनुभयो । 

सो क्रममा गजेहडा बजारका झण्डै १५।२० जना समाजसेवि र प्रहरीले आवश्यक सामाजिक दुरी कायम गर्दै जितपुर तौलिहवा सडक खण्ड भएर गइरहेका गाडिमा समेत चेक गर्दै मास्क विना गाडीमा यात्रुहरुलाई नचडाउनका लागि आग्रह गरिएको थियो ।  त्यसरी मास्क लगाए नलगाएको परिक्षण गर्ने क्रममा झण्डै ९० प्रतिसत नागरिकले मास्क प्रयोग गरेको भेटिएको छ ।  अन्य विभिन्न सामाजिक संस्थाहरु क्लबहरुले समेत कोरोनाको संक्रमण फैलिरहँदा मास्क वितरण कार्यक्रम तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । 

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६