प्रदेश

स्वास्थ्य मन्त्रालयको खराब सूचीमा कपिलवस्तु पनि ,प्रशासन भन्छः ५ सय सक्रमित पुगेपछि बल्ल निषेधाज्ञा



बैशाख १८, काठमाण्डौ –

सरकारले कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै कपिलवस्तु, मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया,सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको हो । सङ्क्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ । यसैबिच थेग्नै नसक्ने जिल्ला भित्र कपिलवस्तु पनि परेको छ । तर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अहिलेसम्म निषेधाज्ञा लगाउने बिषयमा भने कुनै निर्णय गरेको छैन  । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार तराईका जिल्लामा ५ सय संक्रमित नपुग्दासम्म निशेधाज्ञा नगर्नू भनेकाले त्यो निर्णय लिन नसकिएको बताउनु भयो । यता जिल्लामा छिटो भन्दा छिटो लकडाउन गर्नुपर्ने भन्दै राजनितिक दल ,नागरिक समाज ,सामाजिक संघसस्था लगाएतका क्षेत्रबाट माग उठिरहेको छ । तर त्यो मागलाई भने प्रशासनले वेवास्ता गरेको जिल्लाबासीले बताएका छन । यस्तै हिजो शुक्रबार साझ सम्म कपिलवस्तुमा कुल संक्रमितको संख्या २ हजार ४ सय ६६ पुगेको कोरोना फोकल प्रसन उमेश घिमिरेले जानकारी दिनुभयो । जिल्ला भर अहिले सम्म कोरोना बाट मृत्यु हुनेको  संख्या ४३ पुगेको छ  । 

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६