प्रदेश

बाँकेमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाउन उच्च अदालतको आदेश



बैशाख १८ ,नेपालगन्ज-

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले बाँकेमा निःशुल्क कोरोना परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ। अदालतका वरिष्ठतम् न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको इजालसले शुक्रबार दिएको आदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन आदेश दिएका हुन्। 

त्यसैगरी आदेशमा नेपालगन्जको जमुनाहामाकम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न, भारतबाट आउने प्रत्येक व्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउन, कोरोनाको चिह्न वा लक्षण भएका व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गर्न, पोजेटिभलाई  अस्पताल वा आइसोलेशन केन्द्रमा पठाउने व्यवस्था मिलाउन भनिएको छ। भारतबाट आउने व्यक्तिलाई सम्बन्धित जिल्लाको स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाइ कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्र्नुपर्ने पनि आदेशमा उल्लेख छ। 

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६