बैशाख १८ ,बुटवल–
रुपन्देहीमा एकजना कोरोना संक्रमितले कोरोना अस्पतालमा आत्महत्या गरेका छन्। सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचाररत सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार शौचालयमा आत्महत्या गरेका हुन । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए। शनिबार बिहान ४ बजे शौचालय गएका उनी मृत अवस्थामा फेला परेको अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिनुभएको छ । पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।








प्रतिक्रिया