चितवन, वैशाख १७ ।
चितवनमा बँदेलको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ६ बजेतिर बारीमा घाँस काटिरहेका माडी–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकालमाथि बँदेलले आक्रमण गरेको थियो । ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी सरोज गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया