लुम्बिनी

लुम्बिनी प्रदेशले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने



 १८ बैशाख बुटवल ।

लुम्बिनी प्रदेशका सबै अस्पतालमा कोरोना संक्रमितको उपचार गरेबापतको खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ । उपचारलाई सहज, सरल र प्रभावकारी बनाउन सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरीले बताउनुभएको छ । त्यसका लागि प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले कोभिड संक्रमित बिरामीको उपचार खर्चमा एकरुपता ल्याउने गरी शुल्क निर्धारण गरिएको छ । जस अनुसार अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५००, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजार रुपैयाँ तोकिएको छ । तोकिएको रकम सरकारले उपलब्ध गराउने भएकाले निजी अस्पतालले पनि बिरामीबाट शुल्क लिन नपाइने मन्त्री गिरीले बताउनुभएको छ । उपचार खर्च लिन अस्पतालले कोभिड १९ संक्रमित बिरामीको उपचार विवरण प्रदेश सरकारको सफ्टवेयरमा अपडेट गर्नुपर्ने छ । त्यसका आधारमा संघबाट आएको रकम प्रदेश सरकारले अस्पतालहरुलाई उपलब्ध गराउने छ ।

लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । निजी अस्पताल एवं मेडिकल कलेजले महँगो उपचार खर्च लिएको गुनासो आएपछि सबैलाई एकरुपतामा ल्याउन अस्पताल सञ्चालकहरुको बैठकबाट निःशुल्क उपचार गराउने र रकम प्रदेश सरकारबाट उपलब्ध गराउने निर्णय गरेको मन्त्री गिरीले बताउनुभयो ।

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६