अर्थ-वाणिज्य

कपिलवस्तुमा निशेधाज्ञासंगै कृष्णनगर वाहेकका भन्सार नाका शील



कपिलवस्तु १९ बैशाख ।कपिलवस्तु प्रशासनले जारी गरेको निशेधाज्ञा आदेशमा भारतवाट नेपाल प्रबेश गर्ने कृष्णनगरनाका मात्र सूचारु हुने वताइएकोछ । यो संगै भारतीय वजारवाट धेरैजसो कृषि उपजको ढुवानी हुने सुठौली भन्सार नाका बन्द भएको छ । यता  जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिले कपिलवस्तुमा बैशाख २१ देखी ३१ गते सम्म निषेधाज्ञा जारी गर्ने निणय गरेको थियो , समितिको आइतवार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो ।

अती आवश्यक सामाग्री किनमेलका लागि बिहान ९ बजे देखी दिउसो १ बजे सम्म पसल सञ्चालन गर्न दिने भएको छ ।निषेधाज्ञा जारी भएपछि जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारी साधन चल्न समेत वन्देज लगाइएको छ । कपिलवस्तुमा संक्रमितको संख्या निरन्तर बढ्दै ५ सय बढी पुगेको छ । आइतवारमात्र २५० संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनु भयो ।

प्रकाशित : १९ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६