अर्थ-वाणिज्य

उद्योगीलाई विस्थापित हुनवाट बचाउन अपिल



कपिलवस्तु २२ बैशाख ।नेपाल  राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला शाखा कपिलवस्तुले  उद्योग ब्यपार क्षेत्रलाई निशेधाज्ञाका कारण विस्थापित हुनवाट बचाउन अपिल गरेकोछ । संगठनले कोभिड १९ को दोस्रो चरणको महामारीले स्थिति भयावह बन्दै गए पछि स्वास्थ्य मापदण्ड पालना गर्दै उत्पादन ,निर्माण र अत्यावश्यक सेवा मुलक कारोवार गर्न आग्रह गरेको छ।

संगठनका जिल्ला शाखा अध्यक्ष हुमानाथ पौडेल र महासचिव खिमानन्द पौडेल (कोपिल) द्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै सम्पूर्ण व्यवसायी तथा सर्वसाधरणहरुले सुरक्षित तवरले अत्याबश्यक कारोवार गर्न अनुरोध गरेको हो। कोरोना महामारीको अवस्थाले समस्त उद्योगी व्यवसायी माथी परेको प्रभावलाई उचित तवरले सम्बोधन गरी विस्थापित हुनबाट बचाउनको लागि सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ।

“यस जटिल अवस्थामा उचित स्वास्थ्य परामर्श एवं सुविधा प्रदान गर्नको लागि सरोकारवाला निकायको पूर्ण ध्यान केन्द्रित होस भन्ने जोडदार माग गर्दछौ” विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६