कपिलवस्तु २१ बैशाख । कपिलवस्तुमा २१ बैशाखवाट शुरु भएको निशेधाज्ञाको पहिलो दिन जिल्लाका प्राय सबै वजार क्षेत्र सुनसान भएका छन् । हरेक ब्यक्ति बिशेष यसपाली उच्च सचेत रहेको महशुस पहिलो दिनवाट भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी सहितको टोली अनुगमनमा हिड्दा निशेधाज्ञाको पहिलो दिन सबैले पालना गरेको पाइएको प्रजिअ पाण्डेको भनाइछ ।
आज जिल्लाको सदरमुकाम तौलिहवा, जीतपुर ,कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, पिपरा, ओदारी, बोडगाउँ, बनगाई जगदिशपुर पकडी लवनी लगायतका स्थान सुनसान थिए प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो ।उहाँका अनुसार कपिय गाउँघरमा अझै पनि ज्यानलाई भन्दा पनि विवाह, व्रतबन्ध, पुजाआजा इत्यादिलाई महत्व दिएका कारण प्रशासन आदेश पालनामा त्रुटी भएको वताउदै संझाई बुझाई गरिएको थियो । गाउँघरमा अझै पनि जनचेतना नभएको र केहीले कोरोना केही पनि होइन भन्ने मनसायले काम गरेकाले पनि समस्या भएको अधिकारीको भनाईछ
अब भोलीदेखि भित्री सडकमा पनि सुरक्षाकर्मी आउने र उलंघन पाइए सिधै कानुनी कारवाही हुने प्रहरीको चेतावनी छ ।अत्यावश्यक वस्तु किनमेलका लागि किराना, दुध डेरी, तरकारी, फलफुलका पसललाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न अनुमति दिएको बताउँदै निशेधाज्ञा उलंघन गरी अन्य पसल र ब्यवसाय संचालन गरिएको पाइए शुन्य सशलनिल भएर कारबाही गरिने उहाँको भनाइछ ।
यता निषेधाज्ञा अवज्ञा गरी चलाएका ४२ ओटा मोटरसाईकल कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ।अहिले प्रहरीले जिल्लाभर प्रशासनको नियम उलंघन गर्ने सवारी होल्ड गरेर राखेको छ । तर पनि भित्रभित्रैका सडकमा नीजि सवारी चलाउने, मान्छे ओसार्ने, पसल बजार लुकिछिपी खोल्ने क्रम भने रोकिन सकेको छैन । निशेधाज्ञा उलंघन गर्ने जो सुकैलाई संक्रामक रोग ऐन अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।बाहिर हिँड्दा मास्क नलगाएको र नियम उलंघन गरी भीँडभाड गरेको, अत्यावशयक बाहेकका पसल र सेवा गर्ने माथि प्रहरी निर्मम बनेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया