ब्रेकिंग न्युज

लुम्विनीमा ३ नया मन्त्री थपिए,१० सदस्यीय मन्त्रीमण्डल



बुटवल २१ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेरी मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । मुख्यमन्त्रीले मंगलबार मात्र मन्त्रिपरिषदमा तीन जना नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्नु भएको हो । यो संगै  केही जिम्मेवारी हेरफेर समेत गर्नु भएको छ । अब प्रदेश मन्त्रिपरिषद १० सदस्यीय भएको छ। थपिएकाहरुमा अर्घाखाँचीमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानूनमन्त्री, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री, कपिलवस्तुका धर्मबहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बन्नु भएको छ  । 

यस अघि थपिएका मन्त्री मध्ये हरिप्रसाद रिजाललाई ग्रामिण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिकपूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था कृषि तथा शहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत रहनु भएको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६