अर्थ-वाणिज्य

मेयर उपमेयरले बनाए आफ्नै गाडीलाई एम्वुलेन्स



बुटवल २३  बैशाख ।अरु भन्दा फरक शैलीमा काम गर्ने तिलोत्तमाका मेयर बासुदेव घिमिरेले कोरोना विपदमा आफू र उपमेयर चढ्ने गाडीलाई नगरवासीकालागि  एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेकाछन् ।  कोभिड १९ का बिरामीहरुको चाप अत्याधिक बढदै गएपछि तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग शुरु भएको हो । नगरपालिका भित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।

“नगरवासीहरु उपचारका लागि अस्पताल नपुग्ने अवस्था भएपछि हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौं ” नगरप्रमुख बासुदेव घिमिरेले भने ।“नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाईरहंदा उहांहरुकै करबाट किनिएको  सरकारी गाडी चढेर हिड्न हामीलाई नैतिकताले दिएन,  उनले थपे ।घिमिरेले लु १ झ ३६० नंं र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नं को स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यि दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्बसाधारणको उपचारका लागि प्रयोग हुने छन ।गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भईरहेको र विहिबार देखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याईने प्रमुख घिमिरेले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाले यसअघि वडा नं। १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरि अक्सिजन सहितको आईसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याईसकेको छ ।दैनिक एक सयदेखि २ सय सम्म संक्रमित थपिदै गईरहेको तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको पालिका समेत हो ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६