प्रदेश

बाणगंगा नगरपालिकाद्धारा कोरोना संक्रमितको उपचारमा निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय



कपिलवस्तु ,बैशाख २४ ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले कोरोना संक्रमितको उपचारमा निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । नगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल वा आइशोलेसन सेन्टर सम्म ल्याउन र लैजान लाग्ने शुल्क नगरपालिकाले तिर्ने निर्णय गरेको हो ।
शुक्रबार कपिलवस्तु उद्योग बाणिज्य सघंको भवनमा बसेको बैठकले नगरपालिका भित्रका ६ वटा एम्बुलेन्स मध्य पिपरा अस्पतालको एमबुलेन्सलाई कोरोना संक्रमितको उपचारमा निशुल्क लगाउने र अन्य ५ एम्बुलेन्सलाई मातहत्तमा ल्याई सम्र्पकमा रहन रर बढि रकम असुरेको पाइएमा कारबाही समेत गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताउनुभएको छ ।
यसैबिच बाणगंगा नगरपालिका वडा नः २ का अध्यक्ष तथा प्रवक्ता बिष्णु पौडेल संयोजक रहने गरि नगर भित्रका अन्य ५ एम्बुलेन्स सञ्चालन गर्दै आएका सस्थाका अध्यक्ष तथा प्रमुख सदस्य रहने गरि एम्बुलेन्स ब्यवस्थापन समिति समेत गठन गरिएको छ ।
साथै बैठकले नगरपालिका भित्रका सबै क्षेत्रबाट अक्सीजन सिलिण्डर ग्यास जम्मा गर्ने कार्यलाई थप तिव्रता दिने र एकद्धार प्रणालीबाट बितरण गर्ने उहाले बताउनुभयो ।
सो अवसरमा वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल, वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, निबर्तमान अध्यक्ष उमानाथ पौडेल, बाणगंगा यातायात ब्यवसायी समितका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, सिद्धार्थ सामाजिक बिकास सस्थाका तेज प्रसाद आर्चाय, बाणगंगा नगरपालिकाका प्रशासन फाँट प्रमुख केशवराज भट्टराई, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६