२४ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बैठक बोलाउनुभएको हो । तीन दिन अगाडि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटा भने नजाने हुनुभएको जनाईएको छ ।








प्रतिक्रिया