ब्रेकिंग न्युज

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै



वैशाख २५, काठमाडौँ– 

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।  बैठकका एजेन्डाबारे कुनै जानकारी नदिइएको, बैठकको समय र स्थानबारे मात्रै आफूहरू कहाँ सूचना आएको एक मन्त्रीले बताएका छन्। मन्त्रिपषिदको नियमति बैठक सोमबार र बिहीबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले शनिवार साँझ आकस्मिक बैठक बोलाउनुभएको हो । सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् । त्यसका लागि उनले राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन् । विश्वासको मत लिनुपहिले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६