प्रदेश

लापर्बाहीका कारण सङ्क्रमण फैलियो : प्रधानमन्त्री ओली



बैशाख २५, काठमाण्डौ – 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ । आज दिउँसो १२ बजे अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गर्नुभयो । उहाँले लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गर्नु भएको छ । महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उहाँको भनाइ छ । उहाँले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको पनि बताउनुभयो । यस्तै, उहाँले कोरोना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गर्नु भएको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६