प्रदेश

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने



बैशाख २५,काठमाण्डौ – 

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेको हो । सिलिण्डर ल्याउनका लागि पर्सि नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिण्डर ल्याउन थालेको हो । कोरोनाको संक्रमण बढेसँगै नेपालमा अहिले अक्सिजनको माग बढेको छ । तर, सिलिण्डर अभाव हुँदा बिरामीको उपचार प्रभावित हुँदै आएको छ । सरकारले स्वास्थ्य क्षेत्र बाहेकमा अक्सिजन सिलिण्डर प्रयोग भएको भए फिर्ता गर्न आग्रह गर्दै आएको छ भने यस्ता सिलिण्डर सङ्कलनका लागि अभियान पनि सुरु भएको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६