प्रदेश

दक्षिण एसियाली देशमा कोरोना सङ्क्रमण फैलिँदै



 बैशाख २५, काठमाण्डौ – 

भारतसहित दक्षिण एसियाका देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । भारतमा हरेक दिन कोरोना सङ्क्रमितको नयाँ रेकर्ड बन्दै गइरहेको छ भने भारतसँगै सीमा जोडिएका देशमा पनि सङ्क्रमण फैलिँदै गएको छ ।

भारतका छिमेकी देश नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स लगायत देशमा कोरोना फैलिँदै गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सङ्क्रमण बढे पछि नेपालका धेरै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ भने बङ्ग्लादेशमा राष्ट्रव्यापी लकडाउन छ । लकडाउन मे १६ तारिखसम्मका लागि लागु गरिएको छ । पाकिस्तानमा पनि सङ्क्रमितहरूको सङ्ख्या र ज्यान गुमाउनेहरुको सङ्ख्या तीव्र गतिमा बढेको खबरमा उल्लेख छ । त्यहाँ देशव्यापी लकडाउन गरिएको छैन तर प्रादेशिक निकायहरूले प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेका छन् । नागरिकलाई मास्क लगाउन भनिएको छ र कतिपय ठाउँमा सेनाले पनि सहयोग गरिरहेको छ । श्रीलङ्कामा पनि अहिले सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा देखिएको कोरोनाको नयाँ भेरिएन्टकै कारण छिमेकी देशमा पनि कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६