कपिलवस्तु २५ बैशाख । अक्सिनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले कपिलवस्तुका ३ अस्पताललाई २९ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले ३ पालिकामा रहेका सकारी अस्पताललाई सो हस्तान्तरण गर्नु भएको हो । कपिलवस्तु अस्पताल चन्द्रौटा र शिवराज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गर्नु भयो ।
उहाले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीलाई १० र कृष्णनगर नगरपालिका मेयर रजन प्रताप शाहलाई ३ सिलिन्डर प्रदान गर्नु भयो । बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताउनु भयो । अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको उहाको भनाइछ ।
‘ शान्ति सुरक्षा सहित यो बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ ’ उहाले भन्नु भयो । प्राप्त सिलिन्डर तिनै मेयरले अस्पतालाई दिनु भएको छ ।यता संकटको बेलामा प्रहरीको सह्रानिय काम गरेको उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले वताउनु भयो । मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो नागरिक समाज कपिलवस्का अध्यक्ष दोलख वहादुर पछाईले वताउनु भयो । प्रहरी उपरिक्षक अधिकारीले आफुहरुलृ अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने आश्वासन दिनु भयो ।
प्रतिक्रिया