कपिलवस्तु २५ बैशाख । कपिलवस्तुमा शनिबार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै सकृय संक्रमितको संख्या ८ सय ९१ पुगेकोछ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार एन्टिजेन र पिसीआरबाट जाँच गरिएका मध्ये थप ६० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज (शनिबार) कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका २ निवासी ४४ बर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तु कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।








प्रतिक्रिया