अर्घाखाँची २६ बैशाख । अर्घाखाँची जिल्ला अस्पतालले आज( बैशाख २६)देखि पहिलो पटक १० बेडको एचडीयु सेवा सञ्चालनमा ल्याउदैछ । अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमका अनुसार भवन निर्माणको करिब ७ महिनापछि कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सञ्चालनमा आउन लागेको हो ।
अस्पतालमा अहिले सम्म कोरोना संक्रमित ४० जना बिरामी भर्ना गरि उपचार गरेको र १९ जना निको भई डिस्चार्ज भएको उहाले वताउनु भयो । अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पताललाई सन्धिखर्क नगरपालिकाबाट ४ वटा ठुलो अक्सिजन सिलिन्डर, नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोक कुमार खनालको पहल र अर्घाखाँची–जापान समाजका अध्यक्ष बाबुराम पौडेलको सामुहिक सक्रियतामा ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन उपलब्ध गराउन ४ लाख पचास हजार सहयोग अस्पताललाई प्राप्त भएको छ ।
यस्तै जिल्ला अस्पताललाई अर्घाखाँची सिमेन्टबाट ४ वटा ठुलो अक्सिजन, लुम्बिनी प्रदेशका कानुन मन्त्री चेतनारायण आचार्यको पहलमा व्यवसायी बालकृष्ण भुसालबाट ८ वटा ठुला अक्सिजन सिलिन्डर प्राप्त भएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले उक्त अक्सिजन भर्न लाग्ने खर्चको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भएको छ । साथै अस्पताललाई नेशनल प्याथ ल्याव अर्घाखाँचीबाट एचडियुमा बिरामीको धैर्यता र मनोबलताको लागि म्युजिक सिस्टम जडान भएको छ।








प्रतिक्रिया