पर्यटन

निशेधाज्ञा अवज्ञा गर्ने ९१ साधन र केहि ब्यापारी कारवाहीमा



कपिलवस्तु २६ बैशाख  ।कपिलवस्तु २६ बैशाख  ।निधेषाज्ञा उल्लंघन १८०  सवारी साधनलाई शनिवार कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १०१ मोटरसाइकल ७८  वटा साइकल र एउटा ट्याक्टरलाई निषेधाज्ञा उल्लंघन गरेकोमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

निषेधाज्ञाको समयमा उल्लंघन गरि पसल खोल्ने १६ जना व्यापारीलाई समेत जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आज नियन्त्रणमा लिएको छ। केहि सवारी साधनहरु नियन्त्रणमा लिनु बाहेका शान्तिपूर्ण तरिकाले आज पनि जिल्लाबासिले निषेधाज्ञाको पालना गरेको प्रहरीले जनाएको छ ।शुक्रबार पक्राउ परेका सवारी साधन मालिकलाई उचित कारवाहि गरि आगामी दिनमा यस्तो नगर्ने भनि कागज गरेर छाडेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

  निशेषधाज्ञामा अत्यावश्यक वस्तु र सेवा बाहेक अरु सबै ठप्प भएका हुन् । अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहेका थिए । निशेधाज्ञा उलंघन गर्ने जो सुकैलाई संक्रामक रोग ऐन २०२० अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६