प्रदेश

संवैधानिक परिषद्को बैठकबाट विभिन्न आयोगमा नियुक्ति सिफारिस



 बैशाख २६,काठमाण्डौ – 

संवैधानिक परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लोकसेवा आयोग, महिला आयोगसहित केही आयोगमा रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । तर कुन आयोगमा कसलाई सिफारिस गरियो भन्ने अझै खुलेको छैन ।

रिक्त धेरै पदपूर्तिको लागि पदाधिकारीको नाम सिफारिस भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा उपस्थित हुनुभएन । प्रधानमन्त्री ओलीले संसद छलेर स्वेच्छाचारी रुपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सापकोटा यसअघिको बैठकमा पनि सहभागी हुनुभएको थिएन ।

पछिल्लो पटक बैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ । परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ । प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष बैठकमा सहभागी भए नयाँ अध्यादेशअनुसार कोरम पुग्नेगरी ओली सरकारले अध्यादेश ल्याइसकेको छ ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६