प्रदेश

अर्घाखाँची र गुल्मीमा गरी थप ६ संक्रमितको मृत्यु



वैशाख २६,अर्घाखाँची — 
कोरोना संक्रमणबाट अर्घाखाँची र गुल्मीमा गरी थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीका दुई र गुल्मीका चार जना छन् । सास फेर्न गाह्रो भएपछि गुल्मीको मुसीकोट नगरपालिका–५ का ४५ वर्षीय पुरुषलाई आफन्तले शुक्रबार लुम्बिनी मेडिकल कलेज पाल्पा पु¥याएका थिए । अस्पतालमा पीसीआर परीक्षण गराएर फर्किएका उनको शनिबार साँझ गुल्मीको रिडीमा निधन भएको ५ नम्बर वडाध्यक्ष भागीरथ खरेलले बताए । खरेलका अनुसार रिपोर्ट आउँदासम्म उनी अस्पताल भर्ना नभई सिधै घरमा आएका थिए ।
त्यस्तै कोरोना संक्रमित भएपछि तम्घास अस्पतालमा उपचाररत सत्यवती गाउँपालिका–२ का ७५ वर्षीय पुरुष, वडा नम्बर ४ का ८३ वर्षीय पुरुष र छत्रकोट गाउँपालिका–३ का ४६ वर्षीय पुरुषको आइतबार बिहान अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी गोपाल कार्कीले बताउनुभएको छ । उहाका अनुसार जिल्लामा कोरोनाले ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । त्यसै गरी तीन दिनदेखि अर्घाखाँची अस्पतालमा उपचाररत दुई जना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ । शीतगंगा नगरपालिका–४ की २३ वर्षीया महिला र सन्धिखर्क नगरपालिका–७ का ४० वर्षीय पुरुषको ज्यान गएको जनस्वास्थ्य सूचना अधिकारी विजय विकले बताउनुभयो ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६