बैशाख २६,काठमाण्डौ –
नेपाल चेम्बर अफ कमर्सले कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ । कोरोनाका कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।
अहिलेलाई काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।एम्बुलेन्स सेवा प्रयोगका लागि ०१५३३०९४७ वा छेत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।








प्रतिक्रिया