अर्थ-वाणिज्य

लुम्विनीमा १ जिल्ला मात्र कोभिडवाट सुरक्षित



 दाङ २७ बैशाख । कोरोनाको हटस्पट बनेको लुम्बिनी प्रदेशमा एक जिल्ला बाहेक ११ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  लुम्विनीमा १ जिल्ला मात्र कोभिडवाट सुरक्षित छ ।१२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा रुकुम पूर्व बाहेक अन्य जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) तिब्र रुपमा फैलिएपछि नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेका हुन ।

कोरोना संक्रमण तिब्र बनेपछि बाँकेमा सबैभन्दा पहिले निषेधाज्ञा जारी गरिएको थियो । कोरोना नियन्त्रणका लागि लुम्बिनी प्रदेशमा सबैभन्दा पहिले बैशाख ८ गतेदेखि बाँकेको नेपालगन्ज उपममानगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो । तर त्यसपछि संक्रमण नियन्त्रणमा आउन नसकेपछि बैशाख १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा जारी गरिएकोमा अहिले बढाएर बैशाख ३१ गतेसम्म लम्ब्याइएको छ। नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी बाँके जिल्ला प्रभावित बनेको छ। अहिले पनि यस जिल्लामा कोरोना संक्रमित हुनेको संख्या तिब्र रहेको छ भने मृत्यु दर पनि अन्य जिल्ला भन्दा बढी रहेको छ। 

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६