कपिलवस्तु २७ बैशाख ।कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको बिभिन्न संचार माध्यमा समाचार बाहिर आए पछि लुम्विनी स्थित वोधी सोसाइटीले उपलब्ध गराएको सहयोग लुम्विनी विकसा कोषमा उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले हस्तान्तरण गर्नु भएको हो ।अस्पताललाई एक लाख बढी रकम र बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । अक्सिजन सिलिन्डर ढुवानी बापतको एक महिनाका लागि लाग्ने एक लाख बढी खर्च तथा मास्क सेनिटाईजर, पिपिई सेट, भिटिएम किट पानी लगायतका स्वास्थ्य सामाग्री कोषले प्रदान गरेका हो ।
कोषका उपाध्यक्ष त्रिपाठी, सदस्य राजेश ज्ञवालीले अस्पतालका मेसु किशोर बन्जाडे र ब्यवस्थापक रत्नाकर शुक्लालाई सो सामाग्री हस्तान्तरण गरेका हुन । सिर्जिकल मास्क २ हजार पिस, सेनीटाईजर ५ लिटर, पिपिई सटे २५, भिटिएम किट २ सय ५० उपलब्ध गराइएको हो ।
तस्बीर सौजन्य : राजेश ज्ञवाली








प्रतिक्रिया