कपिलवस्तु २६ बैशाख । अस्पतालको आर्थिक अवस्था जटिल बनेपछि स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिई र मास्क धोएर लगाउने गरेको त्यहाका डाक्टरको भनाई सहितको समाचार सार्वजनिक भएपछि सहयोग गर्न वहु निकायहरु अग्रसर भएका छन् । यतिमात्र होइन कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको बिभिन्न संचार माध्यमा समाचार बाहिर आए पछि ल्ुम्बिनी स्थित बोधी सोसाइटीले उपलब्ध गराएको एक लाख बढी रकम र बिभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
अक्सिजन सिलिन्डर ढुवानी बापतको एक महिनाका लागि लाग्ने एक लाख बढी खर्च तथा मास्क सेनिटाईजर, पिपिई सेट, भिटिएम किट पानी लगायतका स्वास्थ्य सामाग्री कोषले प्रदान गरेका हो । कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, सदस्य राजेश ज्ञवालीले अस्पतालका मेसु किशोर बन्जाडे र ब्यवस्थापक रत्नाकर शुक्लालाई सो सामाग्री हस्तान्तरण गरेका हुन । सिर्जिकल मास्क २ हजार पिस, सेनीटाईजर ५ लिटर, पिपिई सटे २५, भिटिएम किट २ सय ५० उपलब्ध गराइएको हो ।
कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढे पछि उपचारमा समस्या आईरहेका बेला कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालाई आवश्यक ठो सहयो गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाको कार्यालयमा आईतावार सरोकारवाला सहीत नगर कार्यपालिकाको अनौपचारिक बैठकमा यस्तो निर्णय गरिएको हो । नगरपालिकाका वडाअध्यक्ष तथा सरोकारवालाहरुले कपिलस्तु अस्पतालमा अक्सिजनको सहज आपुर्ति यथाशीघ्र गर्नु पर्ने, अस्पतालमा आएका बिरामीको उपचार सहज हुनु पर्ने, खटिने स्वास्थयकर्मीको सेवा सुबिधा समेत बढाउनु पर्ने बिषयमा छलफल भएको थियो ।
सो अवसरमा मेयर किरण सिंहले ४०/५० वटा अक्सिजन सिलिन्डर किन्नकालागि नगरपालिकाले बजेट बिनियोजन गर्ने बताए । अहिले अभाव भएका कारण सिलिन्डर उपलब्ध हुन गाह्रूो भएको भन्दै उनले अक्सिजन सिलिन्डरको लागि आफुले पहल थालेको बताए । सामाजिक विकास संयोजक प्रकाश गैरेले आफुहरुले अस्पताललाई सिलिन्डर लगायतका सामाग्रीकालागि ठोस पहल गरेको बताए । अस्पताललाई के चाहिन्छ त्यो सामाग्री उपलब्ध गराउन सबै वडाअध्यक्षहरु रकम बिनियोजन गर्न तयार रहेको उनले बताए ।
‘ हामीले केही दिन मै अक्सिजन सहीतका सामाग्री उपलब्ध गराउछौ ’ उनले भने । माुहरी होमका अध्यक्ष रबि ठाकुर, निर्माण ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गुन्जन कुमार गुप्ताले अक्सिजन, स्वास्थ्य सामाग्री जनशक्तिको ब्यवस्था नगरपालिकाले यशाशिघ्र गर्नु पर्ने बताए । आफुहरुले नगरपालिकासंग समन्वय र सहकार्य गर्र्न तयार रहेको उनीहरुले बताए ।उता सोही अवसरमा कोरोना संक्रमित पत्ता लगाउन दुई दिन पछि नगरपालिकाको १२ वटै स्वास्थय चौकीमा एनटिजेन मार्फत कोरोना जाच सुरु हुने भएको छ । एक हप्ता देखि कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित तिलौराकोट स्वास्थय चौकीमा सो सेवा सूरु भई सकेको छ ।
अन्य ११ वडामा रहेका स्वास्थय चौकीमा समेत एनटिजेन मार्फत कोरोना परिक्षण सेवा सूरु हुने कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले बताए । सोमवार ११ वटा स्वास्थय चौकीका ईन्जार्चहरुलाई एनटीजेन जाच संबन्धी तालिम पछि मंगलाबाट नगरका सबै स्वास्थ्य चौकीमा सो सेवा सूरु हुने उनले बताए । यो सेवा सूरु भए पछि कोरोना संक्रमितहरु पत्ता लाग्ने र सही सयममा उपचार पाई मानिसलाई बचाउन समेत सकिने बढी संभावना हुने उनले बताए । एनटिजेन जाचबाट २० मिनटे भित्र कोरोनाको रिपार्ट पत्ता लाग्छ ।
यस्तै कोरोना संक्रमतिको उपचारमा सहजताकालागि मायादेवी गाउँपालिकाले कपिलवस्तु अस्पताललाई २ लाख सहयोग गरेको छ । कपिलवस्तु अस्पतालमा कोभिड १९ संक्रमितको उपचारमा सहजताकालागि लागिगाउँपालिकाले २ लाख सहयोग गरेको मायादेवीगाउँपालिकाअध्यक्ष बजरंगी प्रसाद कुर्मीले बताए । उनले भने कपिलवस्तु अस्पातलले जिल्ला कै संक्रमितहरुको उपचार गरिरहेको र अस्पतालमा आर्थिक आभावको कारण उपचारमा समस्यभईरहेकोले गाउँपालिकाले तत्काल २ लाखको दिएको बताए ।
२ लाखको चेक अस्पतालका प्रमुख किशोर बन्जाडेलाई हस्तान्तरण गरको थिए । अस्पतालप्रमुख बन्जाडेले मायादेवीगाउँपालिकाले सहयोग गरेकोमा आभार ब्यक्त गर्दै अगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए । कपिलवस्तुको विभिन्न संघ संस्था तथा व्याक्तिहरुको सहयोग अहिले आईरहेको बन्जाडेले बताए ।
प्रतिक्रिया