प्रदेश

कोरोना संक्रमणबाट लुम्बिनीमा थप पाँचको मृत्यु



वैशाख २७, नेपालगन्ज÷तिलोत्तमा —

कोरोना संक्रमणबाट बुटवल र नेपालगन्जमा गरी थप पाँच जनाको मृत्यु भएको छ । नेपालगन्जमा तीन  र रुपन्देहीमा दुई जनाको मृत्यु भएको हो । नेपालगन्जमा मृत्यु भएकामा एक जना बाँकेका र दुई जना बर्दिया जिल्लाका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ का ५१ बर्षिय पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको हो । १७ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी भेरी अस्पताल भर्ना भएका थिए । यससँगै बाँकेमा १ सय ८८ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै बर्दिया गुलरिया नगरपालिका–७ की ४६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २३ गते पीसीआर परीक्षण गरिएकी उनलाई २६ गते भर्ना गरिएको थियो । आइतबार राति १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बासगढी नगरपालिका–८ का ६८ वर्षीया पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २२ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । उनको आइतबार राति ११स्५० बजे मृत्यु भएको हो । यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ ।

त्यस्तै रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमबार थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–७ का ४५ वर्षीय पुरुष र तिलोत्तमा–१ का ६४ वर्षीय पुरुष रहेको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । उनका अनुसार वैशाख २४ गते भर्ना भएका बुटवलका पुरुषको बिहान ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो भने १७ गते भर्ना भएका तिलोत्तमाका पुरुषको ८ बजेर ४२ मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६