२७ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदमा मतदानको प्रक्रिया सुरु भएको छ । संसदको पहिलो बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नुभएको छ । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक फेरि सुरु भएको छ ।
विश्वासको मत प्राप्त गर्नका लागि प्रधानमन्त्री ओलीले १३६ सांसदको समर्थन चाहिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेका १२१ सांसद छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ६१ सांसद छन् र उसले विपक्षमा मत दिने बताएको छ । माओवादी केन्द्रले विपक्षमा मत हाल्न भनेको छ । उसका ४८ सांसद छन् ।
आन्तरिक किचलोमा परेको र विभावित मनसायमा रहेको जनता समाजवादी पार्टीका ३२ सांसद रहेका छन् । जसपाले ह्वीप जारी गरेको छैन र उसका सांसदले व्यक्तिग विवेकका आधारमा मतदान गर्ने बताइएको छ । सत्तारुढ एमालेले ह्वीप जारी गरेर आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर वरिष्ठ नेता माधव नेपाल पक्ष अनुपस्थित हुने भएको छ ।








प्रतिक्रिया