प्रदेश

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै



२७ बैशाख काठमाडौं -चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइड बडी ए–३३० जहाज सोमबार राति चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११स्३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ स्३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयबमोजिम चीनबाट अक्सिजन शिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउन लागिएको जानकारी दिनुभयो । उहाले आजको उडानमा २० थान भेन्टिलेटर ल्याउने भनिए पनि अहिलेसम्म १० थान मात्रै भेण्टिलेटर निगमसँग अपडेट भएको बताउनुभएको छ। अहिलेको विपद्को अवस्थामा सरकारबाट  निर्देशन भएमा कुनै पनि बेला अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगम तयारी अवस्थामा रहेको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६