प्रदेश

महाराजगन्ज नगरपालिकाद्वारा कपिलवस्तु अस्पताललाई ५ लाख सहयोग



 २७ बैशाख ,कपिलवस्तु– 

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य मार्फत अस्पतालको लागि रु ५ लाखको चेक हस्तान्तरण गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको महाराजगन्ज नगरपालिकाको उपप्रमुख शुभवति कुर्मीले बताउनु भयो । महाराजगन्ज नगरपालिका क्षेत्रको नागरिक तौलिहवा अस्पतालमा उपचार सेवा लिने भएकोले रकम दिएको उपप्रमुख कुर्मीले जानकारी दिनु भयो ।

केही महिना पहिले तौलिहवा अस्पताललाई रु ५ लाख दिने उद्घोष अनुसार रकम हस्तान्तरण गरिएको महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनु भयो । तौलिहवा अस्पताल विकास समितिको नाममा चेक दिएको अधिकृत खरेलले बताउनु भयो ।

May be an image of textकोभिड अक्रान्त भएको समयमा महाराजगन्जले रु ५ लाख रकम दिनु आफैमा उदाहरणिय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले जानकारी दिनु भयो । उक्त चेक तौलिहवा अस्पताल विकास समितिलाई बुझाउने अध्यक्ष बज्राचार्यले बताउनु भयो ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६