प्रदेश

रुपन्देहीमा १८ जना पत्रकार संक्रमित



२७ बैशाख ,रुपन्देही –

नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एवम् विभिन्न सञ्चार माध्यममा माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्वारा सोमबार प्रेस विज्ञप्ति जारी गरि संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन । संक्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन् ।

संक्रमित मध्ये केहि निको भएको र अधिकांश कोरोनासाग जुधिरहेको विज्ञप्तीमा उल्लेख छ । ‘जटिल र कठिन स्वास्थ्य संकटको अवस्थामा पनि जनतालाई सूसचित गराउन रुपन्देहीका पत्रकारहरूले खेलेको भूमिकाको महासंघ उच्च प्रशंसा गर्दछ । साथै, यो कठिन र महामारीका बेला अग्रभागमा रहेर निरन्तर सूचना प्रवाह गर्ने पत्रकार र सञ्चारगृहलाई प्रोत्साहन एंव आत्मबल बढाउने कार्यक्रम ल्याउन सरकारको समेत ध्यानाकर्षण गराउदछौं । यस्तो जटिल घडीमा आमनागरिक सुुसुचित गर्न अहोरात्र खट्ने पत्रकारलाई कोरोना संक्रमण हुादा देखिने जटिल स्वास्थ्य समस्यामा सहज रुपमा बेडको व्यवस्थापन मिलाउन तीन तहका सरकार तथा स्वास्थ्य संस्थाहरूलाई अपिल गर्दछौं ’ विज्ञप्तीमा भनिएको छ ।

महासंघले आफ्नो स्वास्थ्य भन्दा ठूलो अरु केहि होईन, ‘पहिला आफू सुरक्षित हौऔं, त्यसपछि मात्रै सञ्चारकर्मीको भूमिका निर्वाह गरौ’ भन्दै पत्रकारहरुलाई अपिल समेत गरेको छ । पत्रकारको जीवन नै असुरक्षामा रहने गरि रिर्पोटिङ गर्नु पर्ने बाध्यात्मक अवस्था सृजना नगर्न र सकेसम्म इन्टरनेट, फोन तथा अन्य वैकल्पिक प्रविधिको प्रयोग गरि घरबाटै काम गर्ने वातावरण मिलाइ दिन समेत सम्पूर्ण सञ्चार गृहलाई आग्रह गरेको छ । महासंघ रुपन्देहीले कोरोनाको वाहनामा खाइपाई आएको सेवा सुविधा कटौती नगर्न समेत सञ्चारगृहलाई अनुरोध गरेको छ ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६