दाङ २८ बैशाख । कोरोना महामारीका बीच एकाएक प्रदेशका मन्त्रालय दाङ स्थानान्तरण हुने क्रम अघि बढेको छ । किन यस्तो गरियो कतैवाट आधिकारीक विवरण आएको छैन । तर भाडामा रहेका भवनमा संचालित मन्त्रालय दाङ स्थानान्तरण गरि हाल्ने नीतिगत निर्णय भएको वताइएको छ । यता राजधानीका संरचना वनाएर मन्त्रालय स्थानान्तरण हुने अनुमान विपरीत लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यकामा प्रदेश मन्त्रालयको कार्यालय स्थानान्तरण गर्न थालेको छ । पहिलो चरणमा तीन मन्त्रालय राप्ती उपत्यकामा स्थानान्तरण गर्न थालिएको हो ।
ग्रामीण तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले जानकारी दिनुभयो ।आइतवार राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा सहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको हो । मन्त्री रिजालले मन्त्रालयमा पदभार ग्रहण पनि गर्नुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको राजधानीले नयाँ सन्देश दिएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन सञ्चालनको तयारी थियो तर मन्त्रालय र विभाग नहुँदा अधुरो हुने भएकाले पहिला मन्त्रालय स्थापनाको काम गरिएको हो । ‘राजधानी क्षेत्रको गुरुयोजना बनाउने काम अघि बढेको छ ।राजधानीको व्यवस्थित संरचना निर्माण अघि बढ्छ । त्यो भन्दा पहिला प्रशासनिक कार्य अघि बढाउनका लागि मन्त्रालयहरू यहाँ आउँछन् ,लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले भन्नुभयो ।
प्रतिक्रिया