प्रदेश

भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने अक्सिजनको माग



बैशाख २८ ,काठमाण्डौ – 

अक्सिजन उत्पादक कम्पनीहरूले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो सङ्कट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको ज्यान गएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरूले आउँदा दिनमा अझै ठूलो समस्या आउने चेतावनी दिएका हुन् । 

अक्सिजन उत्पादक सङ्घका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको धेरै अभाव भएकाले चौबीसै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणा बढ्ने चेतावनी दिनुभयो । उहाँले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता बढाउने भन्नेबारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । उहाँले अहिले काठमाण्डौ उपत्यकामा मात्रै आठ वटा प्लान्ट सञ्चालनमा रहेको र दुई वटा प्लान्ट मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि अहिलेको अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताउनुभयो । अहिले दैनिक झन्डै नौ हजार अक्सिजन सिलिन्डर उत्पादन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : २८ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६