बैशाख २८,काठमाण्डौ –
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ । अर्काे व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हो । पीसीआर परीक्षणका लागि किट अभाव भएकाले केही दिनका लागि परीक्षण बन्द गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया